नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
दुवै लगानीलाई संवद्र्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो शर्त सरकारको तर्फबाट कानूनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महशुस भएको बताए ।
उनले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरु रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताए । उनले लगानी सम्मेलन कति सफल÷असफल भएको बारे समीक्षा हुने पनि बताए ।
मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रश्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले शुरुवात गरेको बताए ।