चन्द्रमाको सतहको नमूना लिएर फर्कियो चिनियाँ यान (भिडिओ) – Nepal Press

चन्द्रमाको सतहको नमूना लिएर फर्कियो चिनियाँ यान (भिडिओ)

काठमाडौं । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमूना लिएर पृथ्वीमा फर्किएको छ ।

मानवरहित चिनियाँ चन्द्रयान ‘चाङ’ ई-६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलबार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ ।

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मिसन पूर्ण रूपमा सफल भएको बताएको छ ।

सिन्ह्वाले जनाएअनुसार चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर