राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्रीले गरे भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्रीले गरे भेट

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

२ दिनअघि नेपालको आएका सुनसहितको टोली केही बेरअघि शीतल निवास पुगेको थियो । भेटघाटमा नेपाल-चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

उक्त भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको बताएका छन् । चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि उनले धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *