ऋण दिँदा कमिसन लिनेलाई तत्काल कारबाही गर्न गभर्नरको निर्देशन – Nepal Press

ऋण दिँदा कमिसन लिनेलाई तत्काल कारबाही गर्न गभर्नरको निर्देशन

काठमाडौं । बैंकबाट ऋण लिँदा कमिसन माग्ने गरेको गुनासो पछिल्लो समय केन्द्रीय बैंकमा बढेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक कर्जा लिँदा कमिसन लिने गरेको भन्ने गुनासो आउने गरेको बताए ।

उनले बैंक कर्जा दिँदा कमिसन लिनु वित्तीय अपराध ठहर हुने बताए ।

सार्वजनिक फोरमबाटै ऋण लिँदा कमिसन लिने भन्ने प्रश्न उठ्नु राष्ट्र बैंक र बैंक वित्तीय संस्था दुबैका लागि गम्भीर विषय भएकाले यस सम्बन्धी गुनासोलाई टिपेर तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन गभर्नर अधिकारीले राष्ट्र बैंकका अधिकारीहरूलाई निर्देशन दिए ।

राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर त्यसतर्फ प्रवाह गरिएको उनको भनाई छ ।

बैंकहरुका लागि आयातका लागि एलसी खोल्न दिने र भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले कृषि, ऊर्जा र डिप्राइट क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा कर्जा प्रवाह गराउने राष्ट्र बैंकले नीति लिएको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *