लगानी सहजीकरण विधेयकबारे विज्ञसँग छलफल गर्दै कांग्रेस
नेपाल प्रेस
२०८१ असार १२ गते ११:५०
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञसँग छलफल गर्ने भएको छ ।
आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विधेयकमाथि विज्ञहरूसँग छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।
लगानी सहजीकरण विधेयकबारे पार्टीका सांसदहरूलाई जानकारी गराउने उद्देश्यले विज्ञसँग छलफल गर्न लागेको उनले बताए । छलफलमा पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर