रुस र अमेरिकी रक्षा प्रमुखहरूको टेलिफोन संवाद- युक्रेनलाई हतियार नदिन रुसी चेतावनी – Nepal Press

रुस र अमेरिकी रक्षा प्रमुखहरूको टेलिफोन संवाद- युक्रेनलाई हतियार नदिन रुसी चेतावनी

काठमाडौं । रुसी र अमेरिकी रक्षा प्रमुखहरूको टेलिफोन संवाद भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार रुसका नयाँ रक्षामन्त्री आन्द्रे बेलुसोभ आएपछि यो प्रथम कुराकानी हो ।

कुराकानीमा अमेरिकी रक्षा सचिव लाइड अस्टिन र बेलुसोभको कुराकानीमा युक्रेन मुद्दा आएको दुवै पक्षले बताएका छन् ।

अमेरिकाले सार्वजनिक गरेको जानकारी अनुसार युक्रेनमा रुसको युद्धका दौरान दुई पक्षको संवादका ढोकाहरू खुला राख्नेबारेमा छलफल भएको छ ।

रुसी पक्षले सार्वजनिक गरेको जानकारी अनुसार छलफलमा युक्रेन बारेमा धारणाहरू आदानप्रदान भएका छन् भने रुसले युक्रेनी फौजमा हतियार दिने अमेरिकी कदमको विरोध गरेको छ ।

अमेरिकाले दिएको मिसाइलबाट क्राइमियाको समुद्री किनारमा बसेका दुई बालबालिकासहित चार जनाको मृत्यु तथा १५० घाइते भएको घटनापछि यस्तो कुराकानीको समाचार बाहिरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर