असार भित्रै भारतीय प्रधानमन्त्री मोदी रुस जाँदै – Nepal Press

असार भित्रै भारतीय प्रधानमन्त्री मोदी रुस जाँदै

काठमाडौं । जुलाई सुरु भएपछि अर्थात असार महिना भित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको भ्रमण गर्ने भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मोदीको भ्रमण हुने पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले मंगलबाट औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

गत हप्ता स्विटजरल्याण्डमा भएको युक्रेनी अग्रसरताको शान्ति सम्मेलनमा रुसलाई कडा शब्दमा आलोचना गरिएको दस्तावेजमा सहमति नजनाएको भारतका प्रधानमन्त्रीको रुस भ्रमण सार्वजनिक भएको हो ।

रुसमा मोदीले पटिन लगायतका उच्च पदस्थ अनुहारहरुलाई भेट्नेछन् । आरटीसँग कुरा गर्दै भारतको चर्चित थिङ्क ट्यांक अब्जरभर रिसर्च फाउण्डेसनका युरेसियन स्टडिज् प्रमुख नन्दन उनीकृष्णननले भारत र रुस एकै पृष्ठमा भएको बताएका छन् । उनले भनेका छन्, ‘सबै हल्लाका बाबजुध भारतको रुससँगको सम्बन्ध धेरै धेरै महत्वपुर्ण छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर