सिन्धुली होटेल म्यानेजमेन्ट कलेज र इमोसियन क्रिएसनबीच सम्झौता, विद्यार्थीले जापानमा रोजगारी पाउने – Nepal Press

सिन्धुली होटेल म्यानेजमेन्ट कलेज र इमोसियन क्रिएसनबीच सम्झौता, विद्यार्थीले जापानमा रोजगारी पाउने

काठमाडौं । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसनबीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो ।

कलेजका तर्फबाट समीर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

सम्झौताअनुसार सिन्धुलीको कमलामाई नगरपालिका- ६ स्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानी भाषाको एनफोर उत्तीर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउनेछन् ।

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु, होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटी र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख ढकालले जानकारी दिए ।

कलेजका धेरै विद्यार्थी विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटल तथा रिसोर्टमा कार्यरत रहेको उनको भनाइ छ ।

ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थी आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराइन, मलेशिया र कुवेतलगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् ।

सिन्धुलीको रातमाटामा उक्त कलेज खुलेको सात वर्ष भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर