मोबाइल लेजेन्डको वर्ल्ड कप २०२४ मा नेपाली ई-स्पोर्ट टीम ‘टिटूके’ भिड्दै – Nepal Press

मोबाइल लेजेन्डको वर्ल्ड कप २०२४ मा नेपाली ई-स्पोर्ट टीम ‘टिटूके’ भिड्दै

काठमाडौं । नेपाली ई–स्पोर्ट टीम ‘टिटूके’ (ट्रेन टु कील) ‘ई–स्पोर्ट वर्ल्ड कप २०२४’ खेल्नका लागि साउदी अरेबिया गएको छ । ‘टिटूके’ ई–स्पोर्टस वर्ल्ड कप २०२४ को ‘मोबाइल लेजेन्ड ब्याङ ब्यङ मीड सिजन २०२४’ खेल्नका लागि साउदी अरेबिया गएको हो ।

आगामी जुन २८ (असार १४ गते) देखि साउदी अरेबियाको राजधानी रियाद शहरमा हुन लागेको ‘मोबाइल लेजेन्ड ब्याङ ब्यङ मीड सिजन २०२४’ जुलाई १४ सम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ‘टिटूके’ टीम सहभागी हुन लागेको हो ।

‘मुन्टोन ई–स्पोर्ट्स वर्ल्ड कप फाउन्डेसन’ले आयोजना गरेको यस प्रतियोगिताको पुरस्कार राशि ३० लाख अमेरिकी डलर (४० करोड १३ लाख रुपैयाँभन्दा बढी) रहेको छ ।
साउदी अरेबियामा हुने ‘एमएलबीबी मीड सिजन कप २०२४’ मा विश्वका विभिन्न राष्ट्रहरूबाट २३ वटा टीमहरू रहेका छन् ।

प्रतियोगितालाई ‘वाइल्ड कार्ड ग्रुप’ र ‘ग्रुप स्टेज’ गरी दुई फेजमा छुट्याइएको छ । पहिलो ‘वाइल्र्ड कार्ड’ मा दुई वटा (ए र बी) ग्रुपहरू रहेका छन् । उक्त ग्रुप ‘ए’ ग्रुपमा ४ वटा टीमहरू रहेका छन् भने बी ग्रुपमा पनि चारवटा टीमहरू रहेका छन् । नेपाली टीम ‘टिटूके’ वाइल्डकार्ड ग्रुपको बी ग्रुपमा रहेको छ ।

त्यस्तै, अर्कोतर्फ रहेको ‘ग्रुप स्टेज’मा चार वटा ग्रुप (ए, बी, सी र डी) रहेका छन् । हरेक ग्रुपमा चार टीम रहेका छन् भने पहिलो ग्रुपमा एक टिमको स्थान खाली रहको छ ।

जुन २८ देखि जुन ३० सम्म ‘वाइल्डकार्ड’ राउन्डको भिडन्त हुनेछ । ग्रुप स्टेजको खेल ३ देखि ७ जुलाईसम्म हुनेछ । प्लेअफका १० देखि भएर १४ जुलाईमा फाइनल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *