दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब ब्याटिङ, ५० रनमा ८ विकेट झर्‍यो – Nepal Press

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब ब्याटिङ, ५० रनमा ८ विकेट झर्‍यो

काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध खराब ब्याटिङ गरेको छ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले १० ओभरमा ८ विकेट गुमाएर ५० रन जोडेको छ। २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो।

रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ र अज्मतुल्लाह अमरजाईले १० रन बनाउँदा मोहम्मद नाबीले खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका मार्को जान्सेनले ३ तथा कागिसो रबडा र तब्राइज साम्सीले २र२ विकेट लिए। एनरिच नोर्त्याले एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *