हार्‍यो पोर्चुगल, रोनाल्डो अझै गोलविहिन – Nepal Press

हार्‍यो पोर्चुगल, रोनाल्डो अझै गोलविहिन

काठमाडौं। युरो कपअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगल पराजित भएको छ।

पोर्चुगलले बुधबार राती जर्जियासँग २-० गोलको हार ब्यहोर्‍यो। जर्जियाले दोस्रो र ५७ औँ मिनेटमा गोल गरेको थियो। पोर्चुगल अघिल्ला दुवै खेल जितेर अघिल्लो चरण पुगिसकेको थियो।

जारी युरोकपमा क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेका छैनन्। जर्जियाविरुद्ध उनलाई ६६ औँ मिनेटमा सब्स्टिच्युट गरिएको थियो। उनले तीन खेल खेल्दा एक गोल पनि गरेका छैनन्।

यो जितपछि जर्जिया पहिलोपटक नकआउट चरण पुगेको छ। जर्जिया तेस्रो स्थानमा रहेपनि ६ वटा समूहका उत्कृष्ट चार तेस्रो टिमभित्र परेर नकआउट चरणमा स्थान बनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *