समूह ‘ई’ बाट तीन टिम अन्तिम १६ मा – Nepal Press

समूह ‘ई’ बाट तीन टिम अन्तिम १६ मा

काठमाडाैं। युरो कप २०२४ को गएराती भएको खेलमा रोमानिया र स्लोभाकियाले बराबरी खेलेपछि समूह ई बाट रोमानिया समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्लोभाकियाले रोमानियालाई १-१ गोलको बराबरिमा रोकेपछि स्लोभाकिया पनि उत्कृष्ट तेश्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको छ ।

गएरातीनै भएको अर्को खेलमा बेल्जियम र युक्रेन गोलरहित बराबरीमा रोकिएको छ ।

उक्त समुहको सबै टिमको समान ४-४ अङ्क भएपनि गोल अन्तरको आधारमा युक्रेन अन्तिममा परेको कारण प्रतियोगिताबाट बाहिरिएको छ । भने बेल्जियम अन्तिम १६ मा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *