सबैभन्दा धेरै विद्यार्थीले ल्याए २.८ देखि ३.२ जीपीए, अन्यले कति ? (विवरणसहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।
ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।
१.६० जीपीएदेखि २ सम्म ६ जनाले ल्याएका छन् ।
३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ । माथिल्लो जीपीए ल्याउनेको संख्या वृद्धि भएको शर्माले बताए ।
ग्रेडिङअनुसार यस्तो छ विवरण-