एसईई : बागमती प्रदेशको उत्कृष्ट रिजल्ट, सबैभन्दा कमजोर कहाँ ? (विवरणसहित) – Nepal Press

एसईई : बागमती प्रदेशको उत्कृष्ट रिजल्ट, सबैभन्दा कमजोर कहाँ ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान एसइईको नतिजा सार्वजनिक गरेको छ । बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा राम्रो बागमती प्रदेशको रिजल्ट आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १५ हजार ७६६ रहेको छ । ३.६० देखि ४.०० जीपीए जम्मा ३१ हजार २०९ जनाले ल्याउँदा बागमती प्रदेशबाट ५० प्रतिशतले उक्त ग्रेड ल्याएका हुन् । यद्यपि बागमती प्रदेशबाट मात्रै परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये १५ प्रतिशत विद्यार्थीको ३.६० देखि ४.०० जीपीए ल्याएका छन् ।

यस्तै ३.६० देखि ४.०० जीपीए ल्याउने जम्मा विद्यार्थीको १८ प्रतिशत अर्थात ३९९६ जनाले कोशी प्रदेशबाट ल्याएका छन् भने तेस्रोमा मधेश प्रदेशबाट १२ प्रतिशत अर्थात ३९५७ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । यस्तै लुम्बिनी प्रदेशबाट १० प्रतिशत अर्थात ३२९० जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् भने गण्डकी प्रदेशबाट ९ प्रतिशत अर्थात २९६९ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशबाट १ प्रतिशत अर्थात ४४१ जना र सुदूरपश्चिमबाट २ प्रतिशत अर्थात ७९० जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । यस्तै समग्र देशभरको नतिजा हेर्दा सबैभन्दा बढी २० प्रतिशत अर्थात ४९ हजार २२४ जना लुम्बिनी प्रदेशका विद्यार्थीले ननग्रेड ल्याएका छन् । यद्यपि लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि भएका ८० हजार ३२७ जना विद्यार्थीमध्ये ६१ प्रतिशतले ननग्रेड ल्याएका हुन् । दोस्रोमा सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका छन् । यद्यपी सुदूरपश्चिम प्रदेशबाट परीक्षामा सहभागि ५३४४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थी ननग्रेड ल्याएका छन् ।

प्रदेशभित्रकै नतिजालाई हेर्दा कर्णाली प्रदेशमा जम्मा परीक्षामा सहभागि ३५ हजार ३४ विद्यार्थीमध्ये ५८ प्रतिशत अर्थात २० हजार ३८० विद्यार्थीले ननग्रेड ल्याएका छन् । ३.६० देखि ४.०० जीपीएमा सबैभन्दा बढी ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका बागमती प्रदेशभित्रको नतिजा हेर्दा जम्मा ९९ हजार ८७२ परीक्षामा सहभागि भएकोमा ३३ प्रतिशत अर्थात ३३ हजार ८४३ जना विद्यार्थीले ननग्रेड ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *