‘सेरेस थ्री’ को नयाँ अपग्रेड भर्सन नेपाली बजारमा, कति पर्छ मूल्य ? – Nepal Press

‘सेरेस थ्री’ को नयाँ अपग्रेड भर्सन नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा सेरेस–थ्री को नयाँ मोडल लन्च गरिएको छ । एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-थ्रीको नयाँ मोडल नेपालमा लन्च गरेको हो ।

कम्पनीले न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा बिक्री सुरु गरिसकेको छ ।

दुई भेरीयन्टमा कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकिएको छ ।

नेपालमा गत भदौमा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सेरेस ईभीको पहिलो गाडी सार्वजनिक भएको थियो ।

छोटो समयमा नै आक्रामक रुपमा गाडीको विक्री गरिरहेको सेरेस–थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । त्यस्तै, ९९ किलोवाटको मोटर, ब्याट्री ५२.७ किलोवाट आवर क्षमताको रहेको छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस–थ्रीले आरामदायक डबल कुसन सिटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम दिएको एमएडब्लू ग्रुपका चेयरम्यान विष्णुकुमार अग्रवालले बताए ।

‘हामीले बिक्री र बिक्रीपछिको सेवालाई विशेष जोड दिएर काम गर्दै आएका छौं । जसले गर्दा छोटो समयमा पनि हामीले राम्रो प्रतिक्रिया पाएका छौं । भोलिका दिनमा थप परिष्कृत सेवा र नयाँ नयाँ उत्पादन दिने हाम्रो प्रयत्न रहनेछ’, अध्यक्ष अग्रवालले भने ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस समेत रहेको छ ।

त्यसैगरी, १०.२५ इन्चको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले आरामदायक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *