ब्रिक्समा जोडिन चाहने देशहरूको आवेदन तत्काल बन्द – Nepal Press

ब्रिक्समा जोडिन चाहने देशहरूको आवेदन तत्काल बन्द

काठमाडौं । गैर पश्चिमा देशहरूको संगठन ब्रिक्समा जोडिन चाहने देशहरूलाई तत्काल आवेदन बन्द भएको सार्वजनिक भएको छ ।

बुधवार यसको जानकारी रुसी विदेशमन्त्री सेग्री लेभ्रोबले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार ब्रिक्समा जोडिन चाहने देशहरूको आवेदन भन्दा अहिले सदस्यता पाएका देशहरूसँगको समायोजनमा ध्यान दिइएको लेभ्रोबले बताएका छन् ।

उनले यो पनि बताएका छन् कि अब सदस्य बन्न नसकेका देशहरुलाई साझेदार देशहरूको नाममा नयाँ सूची बनाइनेछ । सन २००६ मा ब्राजिल,रुस, भारत र चीनले मिलेर खोलेको संगठनमा सन २०१० मा दक्षिण अफ्रिका जोडियो ।

सबै देशहरूको अंग्रेजीको सुरुको शब्द लिएर ब्रिक्स नामकरण भएको थियो । यो वर्ष थप पाँच नयाँ देशहरू ब्रिक्स् सदस्य भएका छन् ।

हुनेहरूमा इजिप्ट, साउदी अरब, इरान, इथियोपिया, संयुक्त अरब इमिरेट्स छन् । ब्रिक्स् सदस्य बनेको अर्जेन्टिनाले भने नयाँ राष्ट्रपति आएपछि सदस्य नहुने बताएर फिर्ता भएको छ ।

हालसालै थाइल्याण्ड र मलेसिया लगायतका देशहरूले पनि ब्रिक्स् सदस्य हुन औपचारिक आवेदन दिने निर्णय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर