सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसँग रिमाल नेतृत्वको टोलीको भेट – Nepal Press

सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसँग रिमाल नेतृत्वको टोलीको भेट

सियाङ्गाआ (हवेइ प्रान्त । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग शिष्टाचार भेट गरेको छ ।

चीनको हवेइ प्रान्तको नवनिर्मित स्मार्ट सिटी सियाङ्गाआ शहरमा भएको भेटघाटमा दुई कम्युनिष्ट पार्टी, दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

सीपीसी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १० दिने चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि मंगलबार राति काठमाडौंबाट गएको टोली आज सियाङ्गाआ पुगेको हो ।

भ्रमण टोलीमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षलगायत २९ जना सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर