रास्वपालक्षित कांग्रेसको टिप्पणी- एनजीओमा मान्छे छनौट गरेजस्तो राजदूत चयनमा विज्ञापन गर्दैछन् (भिडिओ) – Nepal Press

रास्वपालक्षित कांग्रेसको टिप्पणी- एनजीओमा मान्छे छनौट गरेजस्तो राजदूत चयनमा विज्ञापन गर्दैछन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका साउदले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको जिकिर गरे।

उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन्। यसरी नियुक्ति गर्दा खेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन। त्यस कारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ। केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ।’

उनले केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गरेकोप्रति असन्तुष्टि जनाए।

उनले थपे, ‘दलहरूले विज्ञापन निकालेर। यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ। त्यस कारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ। फिर्ता लिनुपर्छ।’


प्रतिक्रिया

One thought on “रास्वपालक्षित कांग्रेसको टिप्पणी- एनजीओमा मान्छे छनौट गरेजस्तो राजदूत चयनमा विज्ञापन गर्दैछन् (भिडिओ)

  1. काँग्रेसलेजस्तो राजदूत पद बेचेर रास्वपाले पैसा खाँदैन । लुटेरा काँग्रेसहरू यो कुरा बुझ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर