विद्युतीय गाडीमा राजस्व छली- नेपालमा गाडी आयात गर्ने कम्पनीहरूको कागजपत्र अनुसन्धान गरिँदै – Nepal Press

विद्युतीय गाडीमा राजस्व छली- नेपालमा गाडी आयात गर्ने कम्पनीहरूको कागजपत्र अनुसन्धान गरिँदै

काठमाडौं । नेपालमा विदेशीबाट विद्युतीय गाडी आयात गरी नेपाल ल्याएर गाडी बिक्री गर्ने कम्पनीको कागजपत्र मागेर राजस्व अनुसन्धान विभागले अध्ययन थालेको छ ।

यसभन्दा पहिले नै वीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकको कागज पत्र ल्याएर भन्सार छली भएको विषयमा अध्ययन गरिरहेको छ ।

नेपाल आयात भएका अधिकांश विद्युतीय गाडीले किलोवाट कम देखाएर राजस्व छली गरेको सूचना राजस्व अनुसन्धान विभागमा आएपछि विभागले अध्ययन अगाडि बढाएको हो ।

विभागका महानिर्देशक चक्र बुढाले नेपालमा आयात हुने विद्युतीय गाडीले किलोवाट थोरै देखाएर गाडी आयात गरेको भन्ने सूचना आएपछि अध्ययन सुरु भएको हो ।

‘हामीले विद्युतीय गाडी आयात गर्ने केही कम्पनीको कागजपत्र अध्ययन भइरहेको छ । भने, केहीको कागजपत्र मागेका छौँ । सूचना अनुसार राजस्व छलीको विषयमा अध्ययन हुन्छ ।’

नेपालमा गाडी आयात गर्ने प्राय सबै कम्पनीले गाडी आयातमा किलोवाट कम देखाएर गाडी आयात गरेको विषयमा भन्सार विभागले पनि अध्ययन गरिरहेको छ ।

भन्सार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्ने व्यवस्था छ । त्यसैले १ सयभन्दा माथि किलोवाट रहेको गाडीलाई पनि १ सयभन्दा कम किलोवाट देखाएर भन्सार पास भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर