महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजलाई अन्तिम रूप दिन नेकपा एसको सचिवालय बैठक
नेपाल प्रेस
२०८१ असार १३ गते १४:५१
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालयमा जारी बैठकमा दशौँँ राष्ट्रिय महाधिवेशनको विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाउँदैछ ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर