सैन्य कू प्रयास गर्ने बेलिभियाका नेता पक्राउ – Nepal Press

सैन्य कू प्रयास गर्ने बेलिभियाका नेता पक्राउ

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक बोलिभियामा सैन्य कू प्रयास गर्ने नेता पक्राउ परेका छन् ।

बीबीसीका अनुसार पक्राउ पर्नेमा खुआन होसे रहेका छन् । राजधानी ला पाजमा सेनाले घेराउ गरेको कयौँ घण्टापछि यस्तो खबर सार्वजनिक भएको हो ।

बोलिभियाका सैनिकहरूलाई कू प्रयासमा सक्रिय गराउन जर्नेल खुआन होसेको योगदान भएको भन्दै उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सैन्य नेता गत मंगलबार बर्खास्त भएका थिए ।

उनले पूर्व राष्ट्रपति इभा मोरालेसलाई गरेको टिप्पणी पछि उनलाई बर्खास्त गरिएको थियो ।

यद्यपि, उनले तत्काललाई राष्ट्रपति लुइस आर्के नै हुने बताएका थिए । तर, केहि समयपछि नयाँ सरकार बन्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर