जर्मनीमा नयाँ नियम- पाँच वर्षमै नागरिकता – Nepal Press

जर्मनीमा नयाँ नियम- पाँच वर्षमै नागरिकता

काठमाडौं । जर्मनीको सरकारले नयाँ नागरिकता नियम ल्याएको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार बिहीबारबाट लागु भएको नयाँ नियम अनुसार जर्मनीको अंगीकृत नागरिकता लिने विदेशीले आफ्नो देशको नागरिकता त्याग्न नपर्ने भएको छ ।

यस्तै यस अगाडि जर्मनीको नागरिकता लिनलाई आठ वर्ष बसेको हुनुपर्नेमा अब त्यो पाँच वर्षमा झारिएको छ ।

जर्मन भाषा बोल्न सक्ने, विषयगत दक्षता हुनेहरूले तीन वर्षमै जर्मनीको नागरिकताको प्रक्रिया बढाउन पाउने पनि नयाँ नियममा अटाइएको डिडब्लूले उल्लेख गरेको छ ।

आमाबाबुमा एक जना जर्मनीमा पाँच वर्ष बसेको वा स्थायी बसोबासको प्रमाणपत्र भएमा उनका सन्तान जर्मनीको नागरिक हुन पाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर