ग्लोबल स्कुलबाट एकैपटक ६ जना विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए – Nepal Press

ग्लोबल स्कुलबाट एकैपटक ६ जना विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलले यस वर्षको एसईईमा दुर्लभ नतिजा ल्याएको छ । सो विद्यालयबाट एकैपटक ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा ग्लोबलका मात्रै ६ जना परेका हुन् ।

५६ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र श्रृजन खड्का ४ जीपीएसहित उत्तीर्ण भएका छन् । त्यस्तै, ४० जना ‘ए प्लस’ र १४ जना ‘ए’ श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सीपल मात्रिका कार्कीले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा पनि ग्लोबलले एसईईमा सुखद नतिजा हासिल गर्दै आएको थियो । यस वर्षको नतिजा भने अहिलेसम्मकै उत्कृष्ट हो । विद्यालयले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०६२ सालबाट सञ्चालनमा आएको ग्लोबल स्कुलमा हाल ६ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ५० जना शिक्षक-शिक्षिकाले अध्यापन गर्छन् ।

विद्यालयका प्रिन्सीपल कार्कीले शिक्षक-शिक्षिकाको समर्पणका साथै अभिभावक तथा विद्यार्थीको मिहिनेतबाट यो नतिजा सम्भव भएको बताए ।

उनले भने, ‘हामीले ४ जनाको ४ जीपीए अपेक्षा गरेका थियौं । हामीले सोचेभन्दा पनि राम्रो नतिजा आयो ।’


प्रतिक्रिया

One thought on “ग्लोबल स्कुलबाट एकैपटक ६ जना विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

Leave a Reply

Your email address will not be published. Required fields are marked *