निर्मल पूर्जालाई कारबाही नगर्न माओवादी सांसदको माग, पूर्वाग्रह राखेको आरोप (भिडिओ) – Nepal Press

निर्मल पूर्जालाई कारबाही नगर्न माओवादी सांसदको माग, पूर्वाग्रह राखेको आरोप (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै पुर्जामाथि आग्रह, पूर्वाग्रह राखेर कारबाही प्रक्रिया अघि बढाउन खोजेको दाबी गरे ।

उनले भने, ‘थुप्रै रेकर्ड कायम गरेका व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । निर्मल पुर्जामगर त्यसलाई कारबाही गर्न लागिएको छ । यस कार्यको म निन्दा र भर्त्सना गर्न चाहन्छु । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् । भनेर म सम्माननीय अध्यक्षमार्फत सरकारसँग माग गर्न चाहन्छु । निश्चित रुपमा उसले कुनै नियम कानुनको उल्लङ्घन गरेको होला, त्यसको लागि सामान्य कारबाही गर्नुपर्ने हुन्छ । उसलाई ब्याण्ड गर्ने होइन ।’

निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाइयोस् भन्ने उठेको आवाजप्रति आपत्ति जनाए ।

उनले थपे, ’सामान्य कारबाही गरेर छोडिनुपर्ने हुन्छ । काँक्रो चोरलाई सामान्य दुई चार थप्पड लगाउने हो, शूलीमा चढाउने होइन । यो सरकारलाई म निर्मल पुर्जामाथि घोर कारबाही नगरियोस् भन्ने माग गर्दछु ।’

आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज भएको व्यक्तिमाथि कारवाही गर्न नहुने उनको भनाइ छ ।

उनले अगाडि भने, ‘दोस्रो हिमाल जुन केटु पाकिस्तानमा अवस्थित छ, त्यो उनी एउटा समूहमा चढेका थिए । त्यो समूह चढ्दा एक्लै उनी जानसक्थे । तर उनले सबै साथीहरूलाई पर्खिए । नेपालीहरू आरोही थिए । सबैलाई पर्खिएर सँगै केटु हिमाल आरोहण गरे । यस्तो कसैले गरेको थिएन । लगायतका थुप्रै रेकर्ड कायम छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर