सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय – Nepal Press

सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। आज बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ। अहिले सम्मानित नेतामा झलनाथ खनाल छन्।

एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ। सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ।

योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर