चिनियाँ केटासँग विवाह गरिदिने भन्दै भिजिट भिसामा पुर्‍याएर विक्री गरेको आरोपमा युवती पक्राउ – Nepal Press

चिनियाँ केटासँग विवाह गरिदिने भन्दै भिजिट भिसामा पुर्‍याएर विक्री गरेको आरोपमा युवती पक्राउ

काठमाडौं। भिजिट भिसामा चीन पुर्‍याइएकी नेपाली युवतीलाई विक्री गरेको आरोपमा युवती पक्राउ परेकी छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चिनियाँ युवकसँग विवाह गरिदिने भन्दै सुन्दरीले नेपाली युवतीलाई भिजिट भिसामा चीन पुर्‍याएकी थिइन्।

२०८० फागुन १० गते चीन पुर्याइएकी नेपाली युवतीलाई चिनियाँ नागरिकले घरमै बन्धक बनाएको तथा यौन शोषण गरेको सूचना आएपछि नेपाली दूतावासको समन्वयमा पीडित युवतीलाई चार दिन अघि मात्र नेपाल फर्काइएको थियो।

पीडितको उजुरीपछि प्रहरीले सुन्दरीलाई नियन्त्रणमा लिएको हो। ब्युरोका अनुसार सुन्दरीले पीडितलाई चिनियाँ युवकसँग एक लाख ५० हजार रुपैयाँमा विक्री गरेकी थिइन्।

आफू पनि चिनियाँ नागरिकसँग विवाह गरेर १० वर्षअघि चीन आएको र चिनियाँ युवकसँग विवाह गर्दै भविष्य राम्रो हुने भन्दै सुन्दरीले नेपाली युवतीहरू खोज्ने काम गरेको ब्युरोको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *