सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एसको गृहकार्य, आवश्यकता अनुसार वरिष्ठ नेताको पद सिर्जना गर्नसक्ने (भिडिओ) – Nepal Press

सर्वसम्मत नेतृत्व चयन गर्ने नेकपा एसको गृहकार्य, आवश्यकता अनुसार वरिष्ठ नेताको पद सिर्जना गर्नसक्ने (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वरिष्ठ नेताको पद सिर्जना गर्ने भएको छ।

आज बसेको सचिवालयको बैठकले आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्न सकिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

सर्वसम्मत नेतृत्व चयन गर्ने मूलभूत प्राथमिकता राखेर नयाँ पद सिर्जना गरेको र केही हुनसक्ने उनले बताए।

उनले भने, ‘सहमतिको लागि आवश्यकताअनुसार धेरै कुरा गर्दै जानुपर्छ। सर्वसम्मत नेतृत्वको लागि हामीले प्राथमिकता राखेको छौँ। त्यसका लागि कुनै पदले महत्त्वपूर्ण सहायता पुर्‍यायो भने त्यो पनि गर्नुपर्छ। यी सबै गर्दा पनि भएन निर्वाचनमा जाने भयो भने पनि सहमति त सहमति हुन्छ निर्वाचन गर्ने हुन्छ कि नगर्ने हुन्छ फरक त्यति हो।’

यस्तै, महाधिवेशनमा केही कम्युनिष्ट विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय भएको बताए।

सर्वसहमत नेतृत्व चयन गर्नका लागि अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको तर अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर