पुस्तकालय दर्ता र व्यवस्थापनका लागि ऐन कानून बनाउनु पर्छ : मन्त्री गिरी (भिडिओ) – Nepal Press

पुस्तकालय दर्ता र व्यवस्थापनका लागि ऐन कानून बनाउनु पर्छ : मन्त्री गिरी (भिडिओ)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम बागमती प्रदेश सम्मेलन उद्घाटन गर्दै पुस्तकालय एनजीओ सरह दर्ता गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले ऐन कानून निर्माणका लागि आवश्यक सुझाव आए आफुले कानून बनाउन पहल गर्ने जिकिर गरे । पुस्तकालय जानुपर्ने बाध्यता अहिलेको अवस्थामा कम भइरहेको अवस्थामा पुस्तकालयको आवश्यकता र र औचित्य बढ्ने गरि यसलाई व्यवस्थीत गर्नुपर्ने उनले बताए ।

उनले पुराना संस्कृतिका पुस्तकहरुलाई पुस्तकालयमा राखेर जानकारी प्राप्त गर्ने ठाँउ बनाउनुपर्ने र पुस्तकालयभित्रै बिभिन्न मुद्दाहरुमा बहस गर्ने वातावरण बनाउनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *