सरोकारवालाको एक स्वर- साना तथा मझौला उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ (भिडिओ) – Nepal Press

सरोकारवालाको एक स्वर- साना तथा मझौला उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ (भिडिओ)

काठमाडौं । साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । विश्व लघु, साना तथा मझौला उद्योग दिवस मनाउँदै हस्तकला व्यवसायी सङ्घ काठमाडौंले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो भनाई राखेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम रानाले बताए ।

निर्देशक रानाले भने, ‘हामीले एसडीजीका लक्ष्य सन् २०३० सम्म हासिल गर्नुपर्ने छ । समग्रमा एसडीजीका सबै लक्ष्यहरू सन् २०३० सम्म हासिल गरिसक्नुपर्ने भनेको छ । त्यसमा मुख्य भूमिका भनेको लघु, साना तथा मझौला उद्योगहरूकै हो । साना तथा मझौला उद्योगहरूलाई समर्थन गरेर राष्ट्रिय विकासको मुख्य आधारमा ल्याउने मुख्य रणनीति के छन् रु भनेर प्रश्न गर्दा कसैलाई केही थाहा छैन । सबैले के भन्छन् भन्दा लक्ष्य हासिल गर्नुपर्छ मान्ने मात्रै छ । तर, के हासिल गर्ने त्यो कुरा आएको जस्तो मलाई लाग्दैन ।

विश्व लघु, साना तथा मझौला उद्योग दिवस मनाउँदै नेपालमा पहिलो पटक विश्व लघु, साना तथा मझौला उद्योग दिवस मनाइएको काठमाडौं हस्तकला व्यवसायी सङ्घ काठमाडौँकी अध्यक्ष मिरा भट्टराईले बताइन् ।

काठमाडौँकी अध्यक्ष मिरा भट्टराईले भनिन्, ‘नेपालमा हामीले पहिलो पटक विश्व लघु, साना तथा मझौला उद्योग दिवस मनाउँदै छौँ । यस दिवसको महत्वलाई अङ्गीकार गरी आगामी वर्षमा पनि ठोस कार्यक्रम आयोजना गर्नेछ । साना तथा मझौला उद्योगहरूले के कस्तो भूमिका निर्वाह गर्नुपर्छ रु र के कस्तो सहकार्य गर्नुपर्छ यसमा पनि हामीले महत्त्व दिन जरुरी छ ।’

त्यस्तै, नेपाल हस्तकला व्यवसायी सङ्घ काठमाडौंद्वारा आयोजित कार्यक्रमको प्यानल डिस्कसनमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले साना तथा मझौला उद्योग दर्ताको प्रक्रिया अझै झन्झटिलो रहेको बताए ।

 

May be an image of 4 people and text

श्रेष्ठले भने, ‘हामी एउटा कुरा पहिलेदेखि उठाउँदै गरेका छौ । साना तथा मझौला उद्योग दर्ता गर्ने कुरालाई सहजीकरण गर्नुपर्छ । उद्योग दर्ता गर्नुलाई हामीले चुनौतीको रूपमा हेरका छौ । स–साना उद्योग दर्ता गर्ने प्रक्रियाले जोसकैलाई निरुत्साहन गर्ने गर्दछ । व्यवसाय गर्नका लागि स्वीकृत लिनुपर्छ । अनलाइनबाट गरिएको दर्ताको कुनै काम देखिँदैन । एक ठाउँबाट दर्ता गरेर फेरी स्थानीय सरकारबाट व्यवसाय गर्नका लागि स्वीकृति लिनुपर्छ । त्यसैले हामीले यसमा जोड दिन खोजेका छौ । जहिले पनि नेपालको बजेटमा दिएको सुविधा उपयोग हुँदैन । व्यवसाय त गर्छौ भन्ने हो तर, म्यानेजमेन्ट सीपको अलिक कमी छ । घरेलु तथा स्टार्टअपका लागि चेन अफ कमान्ड बनाउनुपर्छ । सबै मिलेर आआफ्नो जिम्मेवारी निभाउन सकिन्छ ।’

 

May be an image of 9 people and people smiling

त्यस्तै, देशको अर्थतन्त्रमा लघु तथा मझौला उद्योगहरूको महत्त्वपूर्ण भूमिका रहेको नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् ।

उपाध्यक्ष श्रेष्ठले भनिन्, ‘एमएसएमईसको महत्त्व अत्यधिक रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । विश्व बैंककै तथ्याङ्क हेर्दा यसको महत्त्व प्रस्टै रूपमा कति छ भनेर थाहा पाउन सकिन्छ । एसडीजीलाई किन प्राथमिकता दिने भन्नेमा पनि हामीले छलफल गरिरहेका छौ । यसको महत्त्वको बारेमा पनि कुरा गर्दै आएका छौँ ।’

लघु तथा मझौला उद्योगलाई बढाउनका लागि सबैभन्दा पहिला आर्थिक वृद्धि र रोजगारी सृजना गर्न सक्नुपर्ने नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

शाक्यले भने, ‘सबैभन्दा पहिला आर्थिक वृद्धि र रोजगारी सृजना गर्नुपर्छ । हामीले लामो समयदेखि प्रशिक्षण पनि दिई रहेका छौ । पूर्वदेखि पश्चिमसम्मका उद्योगीहरूलाई प्रशिक्षण दिइरहेका छौ । अन्तर्राष्ट्रिय माग अनुसारको नयाँ नयाँ कुरा तथा डिजाइन सिक्नुपर्ने देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर