यसकारण माधव नेपाल निर्विकल्प अध्यक्ष – Nepal Press

यसकारण माधव नेपाल निर्विकल्प अध्यक्ष

नेकपा एकीकृत समाजवादी पार्टी विद्रोहको ३३ महिनापछि दशौं महाधिवेशनमा होमिएको छ । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न आरोह अवरोहका बीच यहाँसम्म आइपुगेको हो । कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै विभिन्न चरणको टुटफुटबाट अछुतो भने रहन सकेन । पहिलो महाधिवेशन २०१० साल माघ १० गते देखि २० गतेसम्म भूमिगतरूपमा काठमाडौंको पाटनमा सम्पन्न भएको थियो ।

नेकपा, केन्द्रीय न्युक्लियस, नेकपा चौथो महाधिवेशन, कोके, नेकपा माले, नेकपा एमाले हुँदै पुनर्गठित नेकपा एकीकृत समाजवादी पार्टी १०औँ महाधिवेशनको पूर्वसन्ध्यामा छ । यो ३३ महिने यात्रा निकै चुनौतीपूर्ण रह्यो । एकातिर यही बीचमा २ वटा निर्वाचन सामना गर्नुपर्‍यो भने अर्कोतिर ग्रास रुटबाटै विद्रोहको मसललाई हात नकमाइ बोकिरहने पंक्ति तयार पार्न कसरत गर्नु पर्‍यो । पार्टी नेतृत्वमा रहेका नेताहरूको राजकीय मामिला पदहरूमा आकांक्षा र त्यसको व्यवस्थापनमा कठिनाइ हुनु र नेतृत्वप्रतिको आलोचना खेप्दै अहोरात्ररूपमा पार्टी निर्माणका लागि जुटन कम चुनौतीको विषय थिएन ।

पार्टी बन्ने वा नबन्ने आशंकाको बीचमा रुमलिएका केही थान नेताहरू अवसरका खोजीमा थिए । निश्चय नै पार्टी नयाँ भैसकेपछि त्यसका विचार मुल मान्यताहरू आम जनमासमा पुर्‍याउनका निमित्त सबैभन्दा बढी सकृय कोही हुनुपर्छ भने पार्टीका जिम्मेवार नेतृत्वहरू नै रहनुपर्छ । सुविधाभोगी, शहरमुखी, विकासे, अवसारमुखी, नेता र कार्यकर्ताले नेकपा एकीकृत समाजवादी पार्टी पनि अछुतो रहन सकेन । विधि, पद्वति, विचार र नीति, कम्युनिष्ट पार्टीको मुल मर्म हो ।

पार्टीभित्र स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ भन्ने आलोचनात्मक चेत राख्ने नेपाललाई जब पार्टीभित्र बस्नै नसक्ने वातावरण बनाएपछि विद्रोहको तयारीमा रहेको बेला युद्धको मैदानमा आफ्नै सेनापतिले दुश्मनको पक्ष लिएसरी जो विश्वास गरेका दश भाइहरूले साथ छोडेपनि अलिकति पनि खुट्टा नकमाइ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि पार्टी पुनःगठन गर्नुभयो ।

वैचारिक अलमलतामै हराएको कम्युनिष्ट आन्दोलनलाई समाजवादको दिशामा डोर्‍याउन नेकपा एकीकृत समाजवादी पार्टीले सारेको समाजवाद उन्मुख कार्यक्रममा समाजलाई कसरी बुझ्ने, विकासका चरणहरू, दर्शनका दृष्टिकोण र व्यवहार, मानव समाजमा थुप्रिएका विभेद अन्त्य गर्न नेकपा एकीकृत समाजवादी पार्टीले स्पष्ट धारणा अगाडि सारेको छ । कार्ल मार्क्सले भन्नु भएजस्तै दुनियाँको व्याख्या गर्नु ठूलो कुरा होइन मुख्य कुरा बदल्नु हो भने जस्तै समाज बदल्ने नेतृत्वको आवश्यकता पार्टीको दशौं महाधिवेशनले तय गर्नुपर्नेछ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा विचार अनुसारको व्यवहार नहुनु मूल समस्याको रूपमा रहेको छ । सिद्धान्त र विचारले आफूलाई श्रेष्ठता मान्ने सिद्धान्त आफू अनुकूल व्याख्या गर्ने र हिस्साको राजनीति गर्ने मुख्य समस्या कम्युनिष्ट पार्टीभित्र देखिएको छ । नेकपा एस पार्टी स्थापनामै समाजवाद विद्रोहको आधार, विचार र कार्यक्रम हो । समाजवादलाई अवलम्वन गर्दै नेपाली क्रान्तिको सिद्धान्त र संविधानमा उल्लेख गरेको समाजवादउन्मुख राज्य व्यवस्थाप्रति अगाडि बढेको छ । समाजवादको परिकल्पना कार्ल मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणा पत्र जारी गर्नु भन्दा अगाडि नै बहस चलेको विषय हो ।

त्यतिबेला समाजवादमा पुग्नको लागि वर्ग संघर्षको जरुरी छैन भन्ने निष्कर्ष थियो । तर, पछि कार्लमार्क्स र एंगेल्सले समाजवादमा पुग्नको लागि वर्ग हुन्छ र वर्ग संघर्षपछि मात्र समाजवादमा पुग्न सकिन्छ भन्ने कार्यक्रम कम्युनिष्ट घोषणापत्रमा सार्वजनिक गर्नुभयो । समाजवादको विषयमा निकै धेरै बहस र चर्चा भएपनि नेकपा एकीकृत समाजवादी पार्टीले दशौं महाधिवेसनमा प्रस्तुत गर्ने दस्तावेज सर्वसम्मत ढंगले साझा दस्तावेजको रूपमा अध्यक्ष माधव नेपालले प्रस्तुत गर्नुहुनेछ ।

यो महाधिवेशनलाई आम कार्यकर्ताले नजिकबाट चिहाइरहेका छन् । अबको नेतृत्व को भनेर साथै पुस्तान्तरणको सन्दर्भमा पनि व्यापक बहस चलेको छ । साँच्चै पुस्तान्तरणले परिवर्तन सम्भव छ त ? नीति र नेतृत्व सही बनाउने कि उमेरले नेतृत्वको मापन गर्ने गम्भिर छलफलको विषय भएको छ । नेतृत्व उमेरले हैन उसको योग्यता, क्षमताले गर्ने गर्दछ । आज नेकपा एकीकृत समाजवादी पार्टीभित्र चलेको पुस्तान्तरणको कुरा कत्तिको सान्दर्भिक छ, कति उमेर समूहबीचको फरकलाई पुस्तान्तरण मान्ने स्पष्ट छैन ।

२०५२ सालदेखि सुरू भएको माओवादीको विद्रोह र कांग्रेसी सरकारको भ्रष्टाचार, अराजकता र बेतिथिले मुलुक तहसनहस भई रहेको अवस्थामा, माओवादी र कांग्रेसलाई साथमा लिएर शान्ति सम्झौता गरी मुलुकलाई थप अशान्ति हुनबाट जोगाउने महत्वपूर्ण भूमिका उहाँको नेतृत्वमा भयो ।

बा नभए काका बा, काका नभए मीत बा, अथवा ज्वाइँ र ज्वाइँ नभए ज्वाइँको साथी हुने कुरालाई पुस्तान्तरण मान्न सकिन्न । उमेरकै हिसाबले पुस्तान्तरण मान्ने हो भने पनि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन कम्तीमा २० वर्षको फरक हुन आवश्यक छ । आज विश्वका शक्तिशाली मुलुक अमेरिका, चाइनाको नेतृत्वहरू अनुभव, योग्यता र क्षमताका कारणले पाको उमेरमा पनि विश्व थर्काइरहेका छन् । नयाँ पिँढीँमा जाँदा स्वत: विकास र परिवर्तन हुने कुरा अपरिपक्ताको उदाहरण युक्रेनमा देखिएको छ । त्यसकारण नेकपा एस पार्टीमा अनुभवी नेतृत्वको साथमा युवाहरूको उल्लेखनीय उपस्थिति हुन आवश्यक छ । त्यसो त पार्टीले आफ्नो केन्द्रीय कमिटीमा २० प्रतिशत युवाहरू ४० वर्षमुनिका अनिवार्य समेट्नु पर्ने वैधानिक व्यवस्था गरेको छ । यस कुराले युवा पुस्तामा थप उत्साह थपेको छ ।

हिजो तत्कालीन एमालेमा हुँदा जननेता मदन भण्डारीसँग जबजको सिद्धान्त र कार्यक्रम ल्याउने प्रमुख सारथिको रूपमा माधव नेपाल हुनुहुन्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने सन्दर्भ र नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाइमा पुर्‍याउने र कार्यान्वयन गर्ने तहको अग्रपंक्तिमा उहाँको नाम आउँछ । विचारको पुस्तान्तरण हुँदैन । र नेतृत्वप्रति विष वमन गरेर क्रान्तिकारी बनिँदैन । यो त स्वाभाविक प्रक्रियामा आफ्नै लयमा गतिशील रहन्छ । केही विषयहरूका व्याख्यात्मक विश्लेषण गर्दा दार्शनिक बन्ने नेपाली परम्पराले स्वयं आफ्नो विश्वसनीयतामाथि प्रश्न उठाएको छ । नेपाली राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीले अगाडि सारेको नेपाली विशेषताको समाजवाद आजको सन्दर्भमा क्रान्ति र सिद्धान्त दुवै हो । र, यसको नेतृत्व विद्रोहको नेतृत्वले गर्ने कुरामा दुई मत छैन । विचार, लगाव र कार्यान्वयनको दृष्टिकोणले पनि अहिलेको नेतृत्व अव्वल छ । यही नेतृत्वमा अबको समाजवादी आन्दोलन अगाडि बढ्ने छ ।

नेकपा एमाले गठनपश्चात २०४७ सालको संविधान मस्यौदा समितिको सदस्य रही २०४७ सालको संविधानमा महत्वपूर्ण भूमिका खेल्नुभएका नेपाल २०५१ सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनापछि शोकमा डुबेको देश र पार्टीलाई अगाडि उठाउन महासचिवको जिम्मेवारी लिएर ५१ सालकै संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनाउन सफल हुनुभयो । सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाई देशमा नेपाली जनताले विर्सनै नसक्ने ९ महिने सरकारको नेतृत्व मनमोहन अधिकारीले गर्नु भएता पनि त्यसको सम्पूर्ण कार्य नेपालले गर्नु भएको थियो ।

२०५२ सालदेखि सुरू भएको माओवादीको विद्रोह र कांग्रेसी सरकारको भ्रष्टाचार, अराजकता र बेतिथिले मुलुक तहसनहस भई रहेको अवस्थामा, माओवादी र कांग्रेसलाई साथमा लिएर शान्ति सम्झौता गरी मुलुकलाई थप अशान्ति हुनबाट जोगाउने महत्वपूर्ण भूमिका उहाँको नेतृत्वमा भयो ।

एकातिर राज्यले दिनदाहडै बन्दूकको नालले शहर कब्जा गरेको र अर्कोतिर माओवादीको गोला बारुदले गाउँ कब्जा गरेको अवस्थामा ०६२/०६३ को जनआन्दोलनको नेतृत्व गरी मुलुकमा गणतन्त्र स्थापना गर्ने प्रमुख भूमिका नेपालको रहेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले नजरबन्दमा राखेको बेला महासचिवको पदबाट हटाउन असफल प्रयासको बाबजुत पनि जनताको समाजवादको सपना साकार पार्ने त्यो क्रान्तिको नायक नै उहाँ हुनुहुन्थ्यो ।

बा नभए काका बा, काका नभए मीत बा, अथवा ज्वाइँ र ज्वाइँ नभए ज्वाइँको साथी हुने कुरालाई पुस्तान्तरण मान्न सकिन्न । उमेरकै हिसाबले पुस्तान्तरण मान्ने हो भने पनि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन कम्तीमा २० वर्षको फरक हुन आवश्यक छ । आज विश्वका शक्तिशाली मुलुक अमेरिका, चाइनाको नेतृत्वहरू अनुभव, योग्यता र क्षमताका कारणले पाको उमेरमा पनि विश्व थर्काइरहेका छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको अनमिनले माओवादी शान्ति प्रक्रियामा आइसके पछाडि राज्य र माओवादीबीचको अनुगमन गरि रहेको थियो । पुँजीवादी मुलुकको इसारामा रहेको राष्ट्रसंघ जहाँ रहन्छ त्यहाँ समस्या र विवाद सदैव रहीरहन्छ भन्ने मान्यता रहेकोमा सरकार र माओवादी पार्टीबीच भएको शान्ति सम्झौतामा उल्लेख भएअनुसार सेना समायोजन पछाडि २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको समयमा अनमिनलाई बिदा गर्नु नेपालको लागि सबैभन्दा ठूलो विषय थियो । शान्ति प्रक्रियाको निम्ति सबैभन्दा जबजब संकट तबतब सूर्यबहादुर भने जस्तै नेपाली राजनीतिमा पछिल्लो पटक जबजब संकट तवतव माधव नेपाल भन्ने मान्यता स्थापित भइसकेको छ ।

समकालीन नेपाली राजनीतका नेताहरू‍मध्ये सबैभन्दा अनुभवी र पुराना नेताहरूमा माधव नेपाल पर्नुहुन्छ । नेपाली राजनीतिको इतिहासमा भनिन्छ गणेशमानपछिको प्रधानमन्त्री पद अस्वीकार गर्ने नेता नेपाल हुन् । अहिलेसम्म कुनै पनि प्रकारको दाग नलागेको व्यक्तित्व, त्याग, निष्ठा, पारदर्शिता, गतिशीलता, इमान्दारिताजस्ता कुरामा बलियो व्यक्तित्व भएका व्यक्ति हुनुहुन्छ । त्यसकारणले नेपालको कम्युनिष्ट आन्दोलनमात्र हैन समाजवादी पार्टीको आन्दोलनमात्र हैन समग्र मुलुकको हितको लागि पनि यो देशको नेतृत्व गर्ने ठाउँमा माधव नेपाललाई पुर्‍याउनु पर्थ्यो तर प्राविधिक रूपमा नसकेपनि त्यो ठाउँमा पुग्नका लागि पुनः नेपाललाई पार्टीको नेतृत्वमा पुर्‍याउन आवश्यक छ ।

नेकपा एमाले गठनपश्चात २०४७ सालको संविधान मस्यौदा समितिको सदस्य रही २०४७ सालको संविधानमा महत्वपूर्ण भूमिका खेल्नुभएका नेपाल २०५१ सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनापछि शोकमा डुबेको देश र पार्टीलाई अगाडि उठाउन महासचिवको जिम्मेवारी लिएर ५१ सालकै संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनाउन सफल हुनुभयो ।

तत्कालीन नेकपा एमाले नेतृत्व गरी नेपाली कम्युनिष्टको उचाइलाई आम जनतासमक्ष पुर्‍याउन सफल हुनु भएका नेपालले २०६४ सालको मत परिणाम प्रति जिम्मेवार रहँदै पार्टी नेतृत्वबाट अलग रहनुभएको थियो र पार्टीको आठौं महाधिवेशनमा नेतृत्वको महत्वकांक्षा समेत राख्नुभएको थिएन । त्यस बीचमा पार्टीभित्र मौलाएको अराजकता अस्वस्थ प्रतिस्पर्धाले गर्दा पार्टीको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा धेरै नेताको आग्रहपश्चात मात्र अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको थियो । आफूसँगै रहनुभएका केही नेताहरूको असहयोगका कारण थोरै मतले पराजित हुनुपर्‍यो ।

त्यसबीचमा नेपाली जनताको लागि खुसीको क्षणमा आएको कम्युनिष्ट एकतापश्चात भएको नेकपाभित्र विधिको शासन, पार्टीको लोकतान्त्रिकरण, संविधानको सर्वोच्चता, जनमतको कदरजस्ता मान्यता राखी पार्टी नेतृत्वले गरेको असंवैधानिक कदम विरुद्व सतीसाल भएर उभिनुभयो । पार्टीभित्र स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्छ भन्ने आलोचनात्मक चेत राख्ने नेपाललाई जब पार्टीभित्र बस्नै नसक्ने वातावरण बनाएपछि विद्रोहको तयारीमा रहेको बेला युद्धको मैदानमा आफ्नै सेनापतिले दुश्मनको पक्ष लिएसरी जो विश्वास गरेका दश भाइहरूले साथ छोडेपनि अलिकति पनि खुट्टा नकमाइ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि पार्टी पुनःगठन गर्नुभयो । जुन विचारका साथ पार्टी पुनःगठन भयो त्यही विचारलाई १०औं महाधिवेशनले अनुमोदन गर्नेछ । जुन निति र व्यवहारको नेतृत्व गरी पार्टी विद्रोह भएको थियो त्यही नेतृत्व १० औं महाधिवेशनले सर्वसम्वत स्वीकार्न आँट गर्नुपर्छ ।


प्रतिक्रिया

One thought on “यसकारण माधव नेपाल निर्विकल्प अध्यक्ष

  1. सतप्रतिशत मेराे सहती छ । याे बेला हामीले वादविवाद गरेर समय खेर फ्याँक्नु भन्दा एकमत भएर सर्वसम्मत नेतृत्व चयन गर्नु गराउनु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *