छाउगोठमा बसेकी नाबालिकामाथि भएको बलात्कारको घटनाप्रति महिला संघको ध्यानाकर्षण – Nepal Press

छाउगोठमा बसेकी नाबालिकामाथि भएको बलात्कारको घटनाप्रति महिला संघको ध्यानाकर्षण

काठमाडौं । एमाले निकट अखिल नेपाल महिला संघले सुदूरपश्चिम प्रदेश, अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका बस्ने १६ वर्षकी एक नाबालिका किशोरी छाउगोठमा बसेको समयमा बलात्कृत भएको घटनाप्रति ध्यानाकर्षण जनाएको छ ।

संघकी अध्यक्ष टुकाभद्र हमालले एक विज्ञप्ति जारी गर्दै छाउपडी जस्तो कुरीति र रुढिवादीको कारण यस्ता अमानवीय घटनाहरु हुनु भनेको मुलुक जंगली युगमा नै रहेकाे निष्कर्ष निकालेका छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकी अपराध (संहिता) सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीयताको मुल कानून हो कानूनी राज्यको व्यवहार त्यतिबेला कानूनी राज्यको दुहाई दिनु भनेको यस्ता अमानवीय घटनामा परेका गर्नु वा गराउनु हुँदैन भन्ने व्यवस्था छ । संविधान देश प्रत्याभुति हुन्छ जतिबेला कागजमा भएका कुराहरु व्यवहारमा लागू गरिन्छ ।’

छाउपडीका घटनाको छिटो, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई सजाय र पीडितलाई न्याय र संरक्षण गर्न सम्बन्धित सरोकारवालाहरुलाई अपिल गरेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *