तयारी नपुगेकाले फणीन्द्रलाई बैठकमा सहभागी बनाइएन : सभामुख धिताल – Nepal Press

तयारी नपुगेकाले फणीन्द्रलाई बैठकमा सहभागी बनाइएन : सभामुख धिताल

पोखरा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले तयारी नपुगेका कारण सांसद फणीन्द्र देवकोटालाई बैठकमा सहभागी नबनाइएको बताएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा सांसद देवकोटलाई सभामा प्रवेश गर्न खोज्दा मर्यादा पालकले रोकेका थिए ।

पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणीन्द्रको पद जोगिएको थियो । सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रले मर्यादा पालकले रोक लगाएका हुन् ।

बैठकपछि सभामुख धितालले तयारी नपुगेकाले फणीन्द्रलाई बैठकमा सहभागी बनाइएको प्रतिक्रिया दिएका हुन् । ‘केही तयारी नपुगेको कारणले उहाँलाई सहभागी नबनाएको हो । यो प्राविधिक कुरा हो । मैले अध्ययन पनि गर्न पाएको थिएन । कानूनी साथीहरुसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाउँछु,’ उनले नेपाल प्रेससँग भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर