वर्षातका कारण भारत र ईंग्ल्यान्डको खेलमा टसमा ढिलाइ – Nepal Press

वर्षातका कारण भारत र ईंग्ल्यान्डको खेलमा टसमा ढिलाइ

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रीकेटको दोस्रो सेमिफाइनलमा भारत र ईंग्ल्यान्डबिचको खेलमा टसमा ढिलाई भएको छ ।

वर्षातका कारण मैदानमा पानी ओबाउन बाकी रहेकाले टसमा ढिलाई भएको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।

अम्पाएरले मैदानको निरीक्षण गरिसकेपछि टस हुनेछ । तर, मौसम खुलिनसकेकाले पुनः वर्षा हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *