कालिकाेटकाे पञ्चदेवल माध्यमिक विद्यालयमा तालाबन्दी – Nepal Press

कालिकाेटकाे पञ्चदेवल माध्यमिक विद्यालयमा तालाबन्दी

सुर्खेत । कालिकोट जिल्लामा रहेको श्री पञ्चदेवल माध्यामिक विद्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार विद्यालयका विषयमा विभिन्न मागहरू राख्दै श्री पञ्चदेवल माध्यामिक शिक्षा सुधार संर्घष समितिले तालाबन्दी गरेको हो ।

संर्घष समितिले विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएकोमा पहिलो माग राखेको खाँडाचक्र नगरपालिका—१ कालिकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकाल सकिएको लामो समय भइसक्दा पनि नयाँ व्यवस्थापन समिति गठनको प्रक्रियामा ढिलाइ हुँदा विद्यालयको प्रशासनिक कामकाहरु अनिश्चितकालका लागि तालाबन्दी गरिएको अभियन्ता मल्लले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँडाचक्र नगरपालिकाका उप–प्रमुख गणेश बहादुर शाही हुन् । उनको कार्यकाल सकिएको ४ महिना बितिसक्दा पनि नयाँ समिति गठन नहुँदा तालाबन्दी गर्ने बाध्य भएको अभियन्ता मल्लको भनाइ छ ।

विद्यालयको कार्यालय ढोकामा विभिन्न नाराहरू टाँसिएका छन् । जसमा बाहिर भने एउटा भवन ५० हजारको रङ रोगन, भित्र भने विद्यार्थीहरूको चित्कार र आत्मा रोदन, विद्यालयमा विद्यार्थीलाई पानीको प्यास लुटेर खानेहरूलाई ४ लाख ४० हजारको नास्ताको र र्‍यास, अस्त व्यस्त बनाउने कहाँबाट ध्वाँसो धुसो, अडिट पत्र, विद्यालय व्यवस्थापन समिति पत्र चपाउने कोहो मुसो, खानेपानी, शौचालय छैन् विद्यार्थीको एउटै माग,जाबो एउटा सोफा किन्न ५० लाख, घोटालामा लाखौँ साटासाट बर्खा लाग्यो, चुहिने भवन विद्यार्थीको उठीबास जस्ता नाराहरू समितिले टाँसेको छ ।

साथै, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा बन्द हुने गरी विद्यालयमा तालाबन्दी गरिएको विषयमा गम्भीर भएको बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *