संसद बैठक : यस्तो छ आजको कार्यसूची – Nepal Press

संसद बैठक : यस्तो छ आजको कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने, जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नु हुने, प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ ले राष्ट्रियसभामा उत्पत्ति भएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर