कल्भर्टमा कार खस्दा नागार्जुनमा चालकको मृत्यु – Nepal Press

कल्भर्टमा कार खस्दा नागार्जुनमा चालकको मृत्यु

काठमाडौं । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका-६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो ।

दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राति खसेका उनको आज बिहान उद्धार गरिएको थियो । पूर्णको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर