कम्युनिष्ट पार्टीबीच एकताको प्रक्रियातिर फेरि अघि बढिसकेका छौं : प्रचण्ड (भिडिओ) – Nepal Press

कम्युनिष्ट पार्टीबीच एकताको प्रक्रियातिर फेरि अघि बढिसकेका छौं : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् ।

जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए । उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर