जो एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा पुरिए – Nepal Press

जो एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा पुरिए

पोखरा । लमजुङ दोर्दी गाउँपालिका-९ स्याउत सुनार गाउँका विकल सुनार एसईई नतिजाको पर्खाइमा थिए । चैतमा परीक्षा दिएर बसेका १६ वर्षीय विकलले आफू पास पाएको खबर भने सुन्न पाएनन् ।

बिहीबार एसईईको नतिजा सार्वजनिक भयो । जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका छन् ।

वर्षातसँगै आएको पहिरोले एक दिनअघिमात्र घरसहित उनलाई पनि बगायो । पहिरोमा परी उनका दाइ मिलन सुनार घाइते छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर