बाइडेन-ट्रम्प डिबेट : युद्ध, युक्रेन, युरोपदेखि यौनसम्म के-के भए आरोप प्रत्यारोप ? – Nepal Press

बाइडेन-ट्रम्प डिबेट : युद्ध, युक्रेन, युरोपदेखि यौनसम्म के-के भए आरोप प्रत्यारोप ?

काठमाडौं । ४ वर्ष अगाडि बहालवाला राष्ट्रपति र पूर्व राष्ट्रपतिको रूपमा विवाद गरेका डोनाल्ड ट्रम्प र जो बाइडेनले आज पुनः डिबेट गरेका छन् ।

आज चाहिँ उनीहरूले बहालवाला पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिको हैसियतमा अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा सिएनएनले सहजीकरण गरेको डिबेटमा भाग लिए ।

उनीहरूको दुस्मनी कार्यक्रममा प्रवेशबाटै देखिन्थ्यो । दुवैले हात मिलाएनन् । हेराहेर गरेर मुस्कान साटेनन् । सिधै मुद्दामा प्रवेश गरेर आरोप प्रत्यारोप लाइरहे ।

डिबेटमा दुवैले एक–अर्कालाई अमेरिकी ‘इतिहासकै सबैभन्दा खराब राष्ट्रपति’ भनेर उपमा दिइरहे । आफ्नो स्वास्थ्य ठीक भएको, कग्निटिक टेष्ट पास भएको र शारीरिक रूपमा पनि चुस्त दुरुस्त भएको भन्दै ट्रम्पले बाइडेन कमजोर भएकोमा कटाक्ष गरिरहँदा ८१ वर्षका बाइडेनले आफू भन्दा ट्रम्प ३ वर्ष मात्रै कान्छो भएको बताए ।

उनले आफू पहिलो पटक सदनमा आउँदा दोस्रो सबैभन्दा कान्छो अनुसार भएको भन्दै त्यस्तो लिगेसी ट्रम्पको नभएको बताए ।

यो पनि पढ्नुहोस्- बिहीबार बाइडेन र ट्रम्पको राष्ट्रपतिय विवाद हुँदै, अहिलेसम्मकै सबैभन्दा पाका उम्मेदवारको रेकर्ड

पेरिस सम्झौताबाट ट्रम्प बाहिरिएकोमा बाइडेनले आलोचना गर्दा ट्रम्पले चीन, भारत र रुसले राम्रो नतिर्ने अमेरिकाले मात्रै तिर्ने नियम खराब भएको भन्दै प्रतिवाद गरे ।

युद्ध र अपराध

अमेरिकी युद्ध र युद्धमा जोडिएका सैन्य अधिकारीको बारेमा बाइडेन र ट्रम्पले आरोप प्रत्यारोप लगाए । सेनाका भेट्रानहरुसँगको कार्यक्रममै ट्रम्पले युद्धमा जोडिएर मृत्यु भएकाहरूको अपमान गरेर ‘लुजर एण्ड सकर’ भनेर बाइडेनले भन्दा ट्रम्पले त्यो थर्ड ग्रेडको म्यागेजिनले लेखेको हावा कुरा भन्दै आफूले बोल्दा १९ जना सहभागी भएको र त्यो कसैले त्यस्तो बोलेको नभनेको ट्रम्पले दाबी गरे ।

आफूले धेरै अयोग्यहरूलाई भटाभट निष्कासन गरेको तर अमेरिकी इतिहासकै ‘सबैभन्दा धेरै अपमान हुने’ अफगानिस्तान युद्धबाट लाचार भएर बाहिरिँदा त्यहाँ जोडिएका कसैलाई पनि निष्कासन नगरिएको ट्रम्पले बताए ।

ट्रम्पले आफू हुँदा इरानलाई आर्थिक रुपमा टाट पल्टाएकोले हमास, हेजबुल्ला कमजोर भएको तर जो बाइडेन हुँदा इरान बलियो भएको बताउँदा बाइडेनले ट्रम्पकै पालामा इराकको अमेरिकी सैन्य शिविरमा आक्रमण भएर कयौँ सैनिक घाइते भएको उदाहरण दिए ।

अमेरिकाको दक्षिणी सीमा भएर आएकाहरूको अपराधलाई बाइडेनले आप्रवासी अपराध भन्ने तर आफूले बाइडेन आप्रवासी अपराध ट्रम्पले त्यस्तो कमजोर सीमा राख्ने सुरक्षा अधिकारीलाई पनि निष्कासन नगरिएको भन्दै उनले बाइडेनको आलोचना गरे ।

युक्रेन

जो बाइडेनले रुसी राष्ट्रपतिलाई युद्ध अपराधी भने । ट्रम्पले युद्ध अपराधी त भनेनन् तर जो बाइडेनसँग पुटिन, सी र किम जोङ उन कसैले पनि डर नमान्ने बताए । आफू राष्ट्रपति भएको भए युक्रेनमा आक्रमणै नहुने भन्दै ट्रम्पले जो बाइडेनले समुद्रले छुट्याएका अमेरिका र रुस तनावमा अनावश्यक खर्च गरेको बताए । त्यसको प्रत्युत्तरमा जो बाइडेनले एसियाका जापान र दक्षिण कोरियालाई समेत रुस युद्धमा अमेरिका जत्तिकै चासो र चिन्ता भएको भन्दै प्रतिवाद गरे ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उत्कृष्ट सेल्मम्यान भएको भन्दै उनले अमेरिकाबाट ६० अर्ब सहजै लिएको बताए । आफूले चुनाव जितेपछि पदभार हुनुभन्दा अगाडि युक्रेन युद्ध समाप्त पार्ने पनि उनले दाबी गरे ।

युरोप

युरोपेली संघबारेमा दुवैले आरोपप्रत्यारोप लाए । जो बाइडेन युरोपबारेमा आलोचनात्मक देखिनन् । तर, ट्रम्प देखिए । रुस र अमेरिका सीमा समुद्रले जोडिएको तर सन्धियारी भएर पनि युरोपले सुरक्षामा कम खर्च गरेको ट्रम्पले बताए ।

उनले आफू राष्ट्रपति हुँदा २८ देश सदस्य हुँदाको युरोपेली संघमा रुसले आक्रमण गरेमा साथ नदिने भन्नासाथ अर्बौँ रकम जम्मा भएको तर जो बाइडेनले युरोपलाई खर्च गराउन नसकेको बताए ।

अमेरिका र युरोपको अर्थतन्त्र एकै आकारको भए पनि अमेरिकी कृषिदेखि करहरु युरोपमा जान सकस हुने तर युरोपका कुरा अमेरिकामा विना रोकटोक आएको पनि ट्रम्पले बताए ।

यौन

९० मिनेट लामो राष्ट्रपतीय डिबेटमा एक ठाउँमा बाइडेनले भने, ‘उसले पोर्नस्टारसँग यौन सम्बन्ध राखेको हो ।’ ट्रम्पले अस्वीकार गर्दै भने, ‘मैलै पोर्नस्टारसँग यौन सम्बन्ध राखेको होइन ।’

आफूलाई राजनीतिक रूपमा पोर्नस्टार प्रकरणसँग जोडेर अमेरिकी कानुन दुरुपयोग भएको ट्रम्पले बताए । आफूले पनि चाहेमा राष्ट्रपति जो बाइडेनले गरेका डरलाग्दा कुराहरूमा सजाय हुनसक्ने उनले बताए ।

गर्भपतन

गर्भपतनको पक्षमा सधैँ झैँ देखिए ट्रम्प । बाइडेन सधैँ झैँ विपक्षमा । गर्भपतनलाई ट्रम्पले नवजात शिशुको हत्या भन्दा बाइडेनले गर्भपतन गर्ने वा नगर्ने कुरा डाक्टरको कुरा भन्दै राजनीति गर्न आवश्यक नभएको बताए । यस्तै सर्वोच्च अदालतमा ट्रम्पले कन्जरभेटिब न्यायाधीश नियुक्त गरेकोले गर्भपतनको मुद्दा पेचिलो भएको बाइडेनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर