बालुवाटारमा प्रचण्डलाई अमृत बोहोराको आग्रह- पार्टी एकताको लागि ठोस पहल गर्नुस् – Nepal Press

बालुवाटारमा प्रचण्डलाई अमृत बोहोराको आग्रह- पार्टी एकताको लागि ठोस पहल गर्नुस्

काठमाडौं । नेकपा एमालेका नेता अमृतकुमार बोहोराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्टहरुको बीचमा सहकार्य र सहमतिका आधारमा पार्टी एकताको वातावरण बनाउन आग्रह गरेका छन् ।

बालुवाटारमा आयोजित जगत सावित्री स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बोहोराले वामपन्थी आन्दोलनको रक्षा गर्न प्रधानमन्त्रीले ठोस पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले प्रचण्ड वर्तमान सरकारको प्रधानमन्त्री हुनुहन्छ । सरकारमा वामशक्ति बाहुल्य छ । देशमा यत्रो ठूलो वामपन्थीहरुको जनमत छ । वामपन्थीहरुको बीचमा मार्क्सवादी दर्शन र सिद्धान्तको बारेमा विमति छैन । लोकतन्त्रलाई कसरी जनपक्षीय बनाउनुपर्छ भन्नेमा विवाद छैन । समाजवादी आन्दोलन र समाजवादउन्मुख अर्थतन्त्र संविधानमा लेखेको छ । त्यसमा पनि विवाद छैन । तर, हामी वामपन्थीहरु एकरुप हुन सकेका छैनौं ।’

उनले आज देशमा भ्रष्टाचारकै कारणले जनतामा ठूलो निराशा बढ्दै गएको बताए । राजनीतिक नेताहरुमात्रै नभइ उच्च पदस्थ कर्मचारीहरु पनि भ्रष्टाचारमा संलग्न रहेको आइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर