काठमाडौं नगरसभा स्थगित, एमाले-कांग्रेसले रोकेको बालेनको आरोप – Nepal Press

काठमाडौं नगरसभा स्थगित, एमाले-कांग्रेसले रोकेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित गरिएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

आजको बैठकमा यसैलाई लिएर विवाद भएको बुझिएको छ । बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस-एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

उनको स्टाटस यस्तो छ

एमाले-कांग्रेसले बीपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें ।

सायद कांग्रेस-एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै कांग्रेस-एमालेका नेताहरूको योगदान धेरै देख्नुभयो होला ।

त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर