मदन भण्डारीको जन्मदिनको असरमा कोशीका मुख्यमन्त्रीले गरे वृक्षारोपण – Nepal Press

मदन भण्डारीको जन्मदिनको असरमा कोशीका मुख्यमन्त्रीले गरे वृक्षारोपण

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मदन भण्डारीको ७३ औँ जन्मदिनका अवसरमा मुख्यमन्त्री निवास परिसर वृक्षारोपण गरेका छन् ।

विश्व कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रूपान्तरण र कम्युनिष्ट व्यवस्थाका लागि भण्डारीले गरेको योगदान अतुलनीय रहेको कार्कीले बताए ।

संवैधानिक सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणजस्ता विषयलाई सिलसिलाबद्ध रूपमा व्याख्या गरी जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरी आम नेपाली श्रमजीवी वर्गलाई कम्युनिष्ट आन्दोलनमा गोलबन्द गरी देशको प्रमुख शक्ति बनाउनमा उनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

वि.सं २००९ साल असार १४ गते कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको ढुंगेसाँगुमा जन्मिएका भण्डारी ३० को दशकदेखि नै कम्युनिष्ठ आन्दोलनमा होमिएका थिए ।

उनले कम्युनिष्ट आन्दोलन मात्र होइन समाज रूपान्तरण र देश विकासका कयौँ आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कार्कीले स्मरण गरे ।

उनको सादा जीवन र विचारलाई आत्मासाथ गर्दै अगाडि बढ्न सके मुलुकलाई समृद्धितर्फ लैजान सकिने विश्वास कार्कीले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर