प्रदीप पौडेलको आरोप- एसईईमा ५२ प्रतिशत विद्यार्थी होइन, सरकार फेल भयो (भिडिओ) – Nepal Press

प्रदीप पौडेलको आरोप- एसईईमा ५२ प्रतिशत विद्यार्थी होइन, सरकार फेल भयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी नभई सरकार फेल भएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले २ लाख ४२ हजार ३१३ विद्यार्थीलाई अयोग्य भन्दै उच्च शिक्षा अध्ययन गर्न मिल्दैन भन्न नपाउने उनको तर्क छ।

उनले भने, ‘केही वर्षअघिसम्म एसएलसीमा कहिले पनि ४७ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण भएनन्। त्यसबेला पनि प्रश्न गरियो विद्यार्थी फेल भएको हो कि सरकार फेल भएको ? सरकारको असफलताको कारणले विद्यार्थीलाई अयोग्य ठहर्‍याइयो। सरकारले गुणस्तरीयता बढाएर धेरै विद्यार्थी पास गराउन लाग्नुपर्थ्यो। सरकारले त्यतातिर लागेन। सरकारले पास फेल हुने सिस्टमलाई नै अन्त्य गरेर ग्रेडिङ सिस्टममा सबैलाई पास हुने व्यवस्था गर्‍यो। केही वर्ष अभ्यास गर्दा पनि गुणस्तर कायम गर्न सकेन। सरकारले फेरि ग्रेडिङ र नन ग्रेडिङ भनेर पास र फेलको सिस्टम ल्याएको छ। पहिला जस्तै अहिले पनि यो ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर