सांसद केसीको व्यङ्ग्यात्मक कविता- गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि ! – Nepal Press

सांसद केसीको व्यङ्ग्यात्मक कविता- गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि !

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको बैठकमा कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन्।

उनले न राज्य नीतिले चल्छ न विधि न त पद्धति, शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसामन्ति भन्दै कटाक्ष गरे।

उनले भने, ‘संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती, हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति, सांसद संसदमा बोल्छन् सम्बोधन हुन्न केही पनि, गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि ।’

काण्डै काण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन, किन ल्याइन्न संसदमा स्वार्थ हो डर हो किन ? भन्दै व्यङ्ग्य गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर