विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री सिंह – Nepal Press

विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असार २१ वा २२ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले असार २१ वा २२ गते विश्वासको मत लिने तयारीमा जुटेको जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा जनमतका सांसद सिंह गत जेष्ठ २५ मा नियुक्त भएका भएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री सिंह विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेकपा एसको महाधिवेशन असार १६ बाट महाधिवेशन हुन लागेकाले विश्वासको मत लिन ढिलो भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर