पुरानै ब्युरोक्रेसी र न्यायालय रहिरहे प्रगितमनको परिस्थिति निर्माण गराउनसक्छ: पीएस गुरुङ (भिडिओ) – Nepal Press

पुरानै ब्युरोक्रेसी र न्यायालय रहिरहे प्रगितमनको परिस्थिति निर्माण गराउनसक्छ: पीएस गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको बैठकमा बोल्दै गणतन्त्र स्थापनापछि कर्मचारीतन्त्र नयाँ बनाउन नसकेको बताए ।

उनले भने, ‘तीनचार सय वर्ष अगाडि ब्रिटिश लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासन, शाह शासन, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रीकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ। नेपाल प्रहरीमा यति धेरै राजनीतीकरण भयो ।’

बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र राजनीतिक दलहरुले प्रहरीलाई पंगु बनाएको सांसद गुरुङले बताए ।

उनले भने, ‘यति धेरै राजनीतीकरण भयो, पार्टीकरण भयो, गुटकरण भयो, व्यक्तीकरण भयो अहिले । नेता–नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन अहिले । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । किनभने प्रहरीलाई ध्वस्त बनाएका छौं हामीले ।’

नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई लोकतान्त्रीकरण नगरीकन संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त गर्न नसक्ने उनले बताए ।

उनले थपे, ‘एउटा प्रहरीले कुनै व्यक्तिले मुद्दा हाल्यो भने प्रहरीले उजुरी लिन सक्दैन । नेतासँग सोधेरमात्रै । मन्त्रीहरुसँग सोधेरमात्रै । सांसदहरुसँग सोधेरमात्रै लिने कि नलिने भनेर फैसला गर्छ । कति धेरै राजनीतीकरण भयो ? कति धेरै भ्रष्ट बनाइयो ? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठ्न सक्दैन, सुशासनको अभिष्ट पूरा गर्न सक्दैनौं । शान्ति, सुव्यवस्था कायम गर्न सक्दैनौं । नेपाली सेनालाई गणतन्त्रमैत्री बनाउन सकिएको छैन ।’

नेता गुरुङले हिजोको रवैया र चरित्रले राज्य व्यवस्थालाई बलियो बनाउन संकट पैदा गरेको बताए । न्यायालयको लोकतान्त्रीकरण गर्नुपर्ने उल्लेख गर्दै उनले मदन भण्डारीको भाषामा उल्लेख गर्दै पुरानो सेना, प्रहरी, ब्युरोक्रेसी र न्यायालय रहिरह्यो भने प्रगितमनको परिस्थिति निर्माण गराउन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर