मदन जयन्तीमा युवा संघले थाल्यो ‘एक युवा, पाँच बिरुवा’ वृक्षारोपण अभियान (तस्बिरहरू) – Nepal Press

मदन जयन्तीमा युवा संघले थाल्यो ‘एक युवा, पाँच बिरुवा’ वृक्षारोपण अभियान (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले ‘एक युवा, पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुआत गरेको छ।

तत्कालीन पार्टीका महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम थालेको हो।

ललितपुरको झरुवारासीबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले वृक्षारोपण शुभारम्भ गरे।

कार्यक्रममा नेताहरू शेरबहादुर तामाङ, महेश बस्नेतसहित युवा संघका नेता कार्यकर्ता सहभागी थिए।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर