काममा फर्किए कोशी प्रदेशका लेखा समूहका कर्मचारी – Nepal Press

काममा फर्किए कोशी प्रदेशका लेखा समूहका कर्मचारी

विराटनगर । माग पुरा नभए पनि कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू काममा फर्किएका छन् ।

असारमा भुक्तानी फर फराक गर्नु पर्ने चर्को दबाब आएपछि माग पुरा नभए पनि नौ दिन पछि उनीहरू काममा फर्किएका हुन् ।

उनीहरू विभिन्न माग राख्दै एक सातादेखि काम काज ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

कोशी प्रदेश निजामती ऐन संशोधनको माग राख्दै लेखा समूहका कर्मचारीहरू आन्दोलित हुँदै आएका छन् ।

असारमा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि उनीहरूमाथि काममा फर्कन दबाब बढेको थियो ।

सरकारले माग पुरा गर्ने आश्वासन दिएकाले खर्च फर फरकका लागि काममा फर्किएको आन्तरिक मामिला तथा कानन मन्त्रालयका लेखा अधिकृत भगवान् श्रेष्ठले बताए ।

लेखा समूहका कर्मचारीहरूले काममा फर्किएपनि आफूहरूको आन्दोलन जारी रहेको बताए । उनीहरूले माग पूरा नभएसम्म कालो पट्टी बाँधेर काम गर्ने निर्णय पनि गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले हिजो उनीहरूलाई काममा फर्कन अपिल गरेका थिए ।

आन्दोलनरत लेखा समूहका कर्मचारीहरूले प्रदेश निजामती सेवा ऐनमा भएको व्यवस्थाका कारण सङ्घबाट समायोजन भएका छैटौं तहका अधिकृतको बढुवामा समस्या भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर