सुनिता डंगोलको युरोप भ्रमण स्थगनपछि बालेन शाहले रणनीति फेरेको दाबी – Nepal Press

सुनिता डंगोलको युरोप भ्रमण स्थगनपछि बालेन शाहले रणनीति फेरेको दाबी

काठमाडौं । आफ्नो ब्राजिल भ्रमणको अघिल्लो दिन कांग्रेस र एमालेका वडाध्यक्षलाई गाली गरेर नगर कार्यपालिका बैठक स्थगित गरेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले शुक्रवार पनि फेसबुकबाटै ती दुई दलका प्रतिनिधिलाई आरोपित गरेर नगरसभा स्थगनको सूचना दिए ।

यो संयोग मात्र हो वा नियोजित ? उपमेयर सुनिता डंगोलले आफ्नो पूर्व निर्धारित युरोप भ्रमण स्थगन गरेर नगरसभामा केन्द्रित हुने निर्णय लिए लगत्तै मेयर शाहले नगरसभा सदस्यहरूलाई तीन घण्टा कुराएर फेसबुकबाटै बैठक स्थगन गरे ।

महानगरपालिका स्रोतले दिएको जानकारी अनुसार उपमेयर सुनिता डंगोल एक कार्यक्रमका लागि शनिवार पोर्चुगल जाने कार्यक्रम थियो ।

मेयर शाहले उपमेयर डंगोल पोर्चुगल उडेपछि उपप्रमुखका कारण बैठक बस्न नसकेको भनेर फेसबुकमा स्टाटस लेख्ने सम्भावनाको विश्लेषण भइसकेको थियो ।

त्यही सम्भावनाको विश्लेषणपछि वडाध्यक्षहरू समेतको सल्लाहमा डंगोलले नीति, कार्यक्रम र बजेटमाथिको महत्त्वपूर्ण छलफल छाडेर विदेश भ्रमण गर्नु उचित नहुने भन्दै भ्रमण स्थगित गरिसकेकी थिइन् ।

डंगोलले भ्रमण स्थगन गरेको मेसो पाएपछि मेयर नयाँ रणनीतिसहित राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यहरुलाई अर्को आरोप लगाएको दाबी उनीहरूको छ ।

मेयर साहको रणनीतिलाई काठमाडौं महानगरपालिकाको १५ औँ नगर सभाको तेस्रो बैठकमा नगर सभा सदस्यहरूले अंकुश लगाइ दिएका थिए । त्यसपछि मेयर सा केही दिन मौन बसेका थिए ।

सभाको बैठकमा कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादीबाट निर्वाचित भएका सबै सदस्यहरूले मेयरको विरोध गरेपछि उनै कसैसँग सम्पर्कका थिएनन् ।

नगर सभाको तेस्रो बैठकमै मेयर शाहले असार १४ गतेका लागि भनेर बैठक बोलाएका थिए ।  तर, तीन घण्टा कुर्दा पनि मेयर नआएपछि अधिकांश नगर सभा सदस्यहरू सभागृहबाट बाहिरिए ।

नगर सदस्यहरू बाहिरिए लगत्तै मेयर शाहको फेसबुक स्टाटस आएको थियो । जसमा उनले कांग्रेस र एमालेप्रति प्रहार गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “सुनिता डंगोलको युरोप भ्रमण स्थगनपछि बालेन शाहले रणनीति फेरेको दाबी

  1. काठमाडौ महानगरपालिकाका मेयर गणतन्त्र र मुलुककै बिरूद्ध कहीबाट संचालित हुन बेलैमा एमाले कांग्रेसले सचेत हुन जरुरी छ भोलि पछुताउनुको विकल्प छैन।

  2. बालेन शाह गणतन्त्र र देशको प्रमुख शक्तिको विरोधमा कहीँ बाट परिचालित होइन शंकास्पद

  3. काठमाडौ महानगरपालिकाका मेयर गणतन्त्र र मुलुककै बिरूद्ध कहीबाट संचालित हुन बेलैमा एमाले कांग्रेसले सचेत हुन जरुरी छ भोलि पछुताउनुको विकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर