प्रतिबन्धित ‘वान एक्स बेट’ को भुक्तानीका लागि कनेक्ट आईपीएसको दुरुपयोग भइरहेको छ : सांसद साह (भिडिओ) – Nepal Press

प्रतिबन्धित ‘वान एक्स बेट’ को भुक्तानीका लागि कनेक्ट आईपीएसको दुरुपयोग भइरहेको छ : सांसद साह (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम साहले अनलाइन जुवाको कुलतमा फस्ने युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको र नेपालबाट अवैध रूपमा अर्बौँको कारोबार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालमा वान एक्स बेट जस्ता अनलाइन सट्टेबाजीका गतिविधिहरू प्रतिबन्धित भए पनि यसमा भुक्तानीको लागि कनेक्ट आईपीएसको दुरुपयोग भइरहेको बताए।

त्यसबारे उनको भनाइ :

हाल नेपालमा वान एक्स बेट जस्ता अनलाइन सट्टेबाजीका गतिविधिहरू प्रतिबन्धित छन् । नेपाल राष्ट्र बैंकले पनि पटक(पटक सूचना निकालेरै यस्तो गतिविधिहरू नगर्न र नगराउन पटक(पटक चेतावनी दिएको छ ।

तर वान एक्स बेटले नेपाली युवालाई फसाउन नेपाली वेबसाइट नै चलाएको छ भने यसमा भुक्तानीको लागि कनेक्ट आईपीएसको दुरुपयोग भइरहेको पाइएको छ।

वान एक्स बेटका प्रयोगकर्ताले सहजै आफ्नो एकाउन्ट बनाउन सक्छन् । एकाउन्ट खोलिसकेपछि दायाँतिर माथि ‘मेक अ डिपोजिट’ भन्ने अप्सन छ । त्यहाँ क्लिक गर्दा भुक्तानीका विकल्पहरू मध्य कनेक्ट आईपीएस पनि देखिन्छन् ।

यसरी प्रतिबन्धित सट्टेबाजीको भुक्तानी गर्न र निकाल्न कनेक्ट आईपीएसले सहज गरिदिएको छ । यस ठगीलाई कनेक्ट आईपीएसले नजरअन्दाज गर्न र आफ्नो प्लेटफर्म दुरुपयोग हुँदा समेत यसरी टुलुटुलु हेर्न मिल्दैन ।

कनेक्ट आईपीएसले चाहेमा यस्तो समस्याको समाधान हुने देखिन्छ। तर ग्राहक संख्या, कारोबार संख्या र रकम बढी देखाउने होडमा कनेक्ट आईपीएसले प्रशस्तै नक्कली एकाउन्ट खोल्न दिएको पो हो कि भन्ने शंका उत्पन्न भएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

अनलाइन जुवाको कुलतमा फस्ने युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको र यसैमा नेपालबाट अवैध रूपमा अर्बौँको कारोबार भइरहेको तर्फ सरकार गम्भीर हुनु आवश्यक छ।


प्रतिक्रिया

One thought on “प्रतिबन्धित ‘वान एक्स बेट’ को भुक्तानीका लागि कनेक्ट आईपीएसको दुरुपयोग भइरहेको छ : सांसद साह (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर